इण्डो नेपाली फिल्म ‘हिटम्यान’ टोली पोखरामा
पाेखरा | मंसिर २०, २०८०
पोखरा: नेपाल–भारत संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘हिटम्यान’को टोलीले पोखरा आएर पत्रकारसँग साक्षात्कार गरेको छ । बुधबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारसँग हिटम्यानका नायक एवम् निर्देशक विष्णु अधिकारीले साक्षात्कार गरेका हुन् ।
अधिकारीले हिटम्यान १६ भाषामा रिलिज हुने जानकारी गराए । उनले पहिलो पटक इण्डो नेपाली फिल्म ओटिटी प्लेटफर्म अमेजनमा प्रदर्शन हुने समेत उल्लेख गरे । आउँदो फेबु्रअरी १५ मा विश्वव्यापी प्रदर्शन हुने फिल्मको पोस्टर र टिजर भने सार्वजनिक गरिएको छ ।
काठमाडौं र पोखरासहित यो फिल्मलाई भारत, श्रृलंका, दुवै र फ्रान्समा समेत खिचिएको छ । यो फिल्म नेपालीसँगै हिन्दी, तेलुगू, तमिल, कन्नडा, मलायलम, अरबी र चिनियाँ भाषामा प्रदर्शन हुने जनाइएको छ । नेपालकी चर्चित नायिका आँचल शर्मा र कलाकार प्रशान्त ताम्राकारको समेत अभिनय रहेको फिल्मबाट विष्णु आशावादी छन् । फिल्ममा नेपाल, भारत र पाकिस्तानको सम्बन्धका विषयलाई समेत उठान गर्न खोजिएको उनले सुनाए । साउथ फिल्म मन पराउने दर्शकले हिटम्यान रुचाउने उनले बताए ।
साउथ फिल्ममा जस्तो प्रविधि प्रयोग गरेर हिटम्यान निर्माण गरिएको जानकारी उनले गराए । अमेजन प्राइम भिडियोका तर्फबाट भेन्डरपार्टनर बनेर आएका प्रतिनिधि राजिभ थसभतापलीले इण्डो नेपाली फिल्म हिटम्यानसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । पत्रकार सम्मेलनमा नेपालका लागि वितरक केदार पराजुली लगायतको उपस्थिति थियो । दीपक अधिकारी निर्माता रहेको फिल्ममा साउथका चर्चित संगीतकार मन्त्र आनन्द, सम्पादक बि नागेश्वर रेडीले पनि सहकार्य गरेका छन् ।
पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापना...
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

